उद्योगी व्यवसायीहरुको सम्मान र हक हितको रक्षा :

मुलुकको अर्थ व्यवस्थामा योगदान पुर्याउने उद्योगी व्यवसायीहरुप्रति राज्यले मर्यादित र सम्मानित व्यवहार गर्नु पर्दछ । राज्यबाट नीजि क्षेत्रलाई ‘कर असुल्ने’ माध्यमको रुपमा मात्र व्यवहार नगरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने साझेदारको रुपमा हेरिनु पर्दछ । यसका लागि महासंघबाट आगामी दिनमा उद्योगी व्यवसायीहरुको सम्मानको रक्षा गर्ने तथा उनीहरुका वैधानिक हक अधिकारको सुनिश्चितता गर्ने ठोस प्रयासहरुको थालनी गरिनेछ । 

उद्योगी व्यवसायी र लगानीकर्ताहरुको मनोवल बढाउने 
मुलुकको राजनीतिक अस्थितरता, नाकावन्दी, वन्द हडताल, चन्दा आतंक तथा अन्य विषम परिस्थितीका कारणले उद्योगी, व्यवसायी र लगानीकर्ताहरुको मनोवाल कमजोर र हतोत्साही भइरहेको अवस्था हाम्रा सामु प्रष्ट छ । यसका लागि सरकार, श्रम संगठन तथा राजनीतिक दलसंगको सहकार्य बाट लगानीको संरक्षण, उद्योग व्यवसायको सुरक्षा तथा बन्द हडतालबाट उद्योग व्यवसाय क्षेत्रलाई बचाई उद्योगी व्यवसायीहरुको मनोवल उच्च पार्न सकृय अभियानको थालनी गरिनेछ । 

महासंघको सार्वजनिक प्रतिष्ठा उच्च पार्ने 
हालैका विभिन्न घटनाक्रमहरुले महासंघको सार्वजनिक प्रतिष्ठा केही धमिलो हुन गएको सन्दर्भमा ५० वर्षको गौरवमय इतिहास वोकेको ‘चेम्बर अभियान’ को प्रतिक स्वरुप यस संस्थाको सार्वजनिक छवि उच्च पार्ने र यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने कुरालाई मार्ग निर्देशक सिद्धान्तको रुपमा अङ्गिकार गरिनेछ । 

महासंघलाई आर्थिक उन्नतिको सशक्त संवाहक वनाउने 
बजारमुखी खुला अर्थतन्त्रमा सशक्त निजी क्षेत्र अपरिहार्य हुन्छ । नेपालको निजी क्षेत्रलाई सशक्त र सकृय बनाउन महासंघले प्रमुख भूमिका खेल्न सक्नु पर्छ । आगामी दिनहरुमा महासंघले यसतर्फ सकृयता पूर्वक काम गरी देशको आर्थिक उन्नतिको मार्गमा योगदान दिने अग्रणी संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सशक्त भूमिका निर्वाह गरिनेछ ।

सांगठनिक सुदृढिकरण 
महासंघको संगठन सुदृढ, सकृय तथा व्यवस्थापन चुस्त र पेशागत हुनुपर्छ, सवै प्रकारका सदस्यहरुको महासंघ भित्र समान र न्यायोचित पहुँच र प्रतिनिधित्व हुनु पर्दछ भन्ने मान्यता राख्दै अगाडी बढ्ने  हाम्रो योजना छ । साथै महासंघको संस्थागत संरचनालाई समयानुकुल, मर्यादित र प्रभावकारी बनाउन के गर्नु आवश्यक छ भन्ने दृष्ट्रिकोणबाट विशेषज्ञहरुको टोली बनाई अध्ययन÷ अनुसन्धान गराउन पहल गरिनेछ । 

सुदृढ संगठनका लागि सक्षम नेतृत्व आवश्यक पर्ने हुनाले महासंघका सवै सदस्य क्षेत्रहरुमा सरकार तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुसंगको सहकार्यमा नेतृत्व विकासका विशेष कार्यक्रमहरु लागु गर्ने प्रयास सुरु भइसकेको अवगत गराउन चाहन्छु । 

महासंघ भित्र सबै वर्गका सदस्यहरुले आफू सम्मानित सदस्य भएको र सवै सदस्य वरावर हुन भन्ने महसुस गर्नसक्ने वातावरण सुनिश्चित गराईनेछ ।

सचिवालयको सुदृढीकरण 
महासंघको दैनिक कार्य सञ्चालनको लागि सचिवालय चुस्त तथा व्यवसायिक दक्षतायुक्त बनाउने कार्य गरिनेछ । महासंघका सदस्य तथा पदाधिकारीहरुको भूमिका नीतिगत कुरा तथा सार्वजनिक प्रतिनिधित्वमा बढी केन्द्रित गर्ने तरिका बाट काम गर्ने शैली अपनाइनेछ । 

सचिवालयबाट महासंघका सदस्यहरुले पाउनु पर्ने सेवाहरुको निरन्तरता र प्रभावकारिता विद्यमान संयन्त्र सुधार गरी सुनिश्चित गराइनेछ । 

प्रदेश, जिल्ला, नगर, वस्तुगत तथा द्विराष्ट्रिय सदस्यहरुको क्षमता वृद्धि र संस्थागत सुदृढकरणको पहल गर्ने 
मुलुक सघीय संरचनामा गएसंगै महासंघले पनि सघीय संरचनाको व्यवस्था आफ्नो विधानमा गरेको छ । प्रदेशको गठन तथा स्थानीय निकायहरुको पुनर्सरचना संगसंगै महासंघको प्रादेशिक संरचनालई कार्यान्वयनमा ल्याउने र महासंघको मेरुदण्डको रुपमा रहेका जिल्ला नगर संघहरुको क्षमता वृद्धि र संस्थागत सुदृढीकरणका विशेष कार्यक्रम लागू गरिनेछ । 

मुलुकको आर्थिक उन्नती, निर्यात प्रवर्धन र आयात प्रतिस्थापनको नीति निर्माणका प्रकृयामा महासंघले खेल्नुपर्ने भूमिका लाई प्रभावकारी बनाउन, वस्तुगत संघहरुको विशेषज्ञता को समुचित उपयोगबाट ‘वस्तुगत क्षेत्र विकास नीति पत्र’ (Commodity Development Policy Note) तयारी गरी सरकारसंग सहकार्य अगाडी बढाइनेछ । 

वस्तुगत सदस्यहरुबाट धेरै समयदेखि उठी रहेको ‘वस्तुगत क्षेत्र साझा सचिवालय’ को अवधारणालाई कार्यान्वयनमा ल्याउन महासंघबाट पहल गरिनेछ ।

निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा जोड 
मुलुकको निर्यातको मेरुदण्डको रुपमा रहेका पश्मिना, गलैचा, तयारी पोशाक, हस्तकला, जडिवुटी, औषधी तथा अर्गानिक कृषि उपजहरु लगायतका निर्यातमुखी वस्तुहरुको उत्पादन, गुणस्तर नियन्त्रण, वजार प्रवद्र्धन तथा निर्यात प्रकृयाको सरलता सुनिश्चित गर्न सरकार तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुसँग सहकार्य गर्ने तर्फ पहल गरिनेछ ।

स्वदेशी उपभोग्य वस्तुहरुको उत्पादनमा विशेष जोड दिने र स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिने स्पष्ट नीति बनाई कार्यान्वयनमा ल्याउन एक छुट्टै संयन्त्र बनाई सरकारसंग सहकार्य गरिनेछ । 

कृषिको व्यवसायीकरणमा निजी क्षेत्रको संलग्नता बढाउने । 

विगतमा मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई पुनर्जागृत गराई व्यवसायिक कृषिलाई अगाढी बढाउन निजी क्षेत्रलाई संलग्न गराउने तर्फ ठोस पहल गरिनेछ । करार खेती, व्यवसायीक खेती, कृषिजन्य उद्योग प्रवद्र्धन, दुग्ध पदार्थ, मासु, खाद्यान्न फलफूल तथा नगदेवालीहरुको उत्पादन वृद्धि तथा निर्यात प्रवर्धन जस्ता कुराहरुलाई सरकारी प्राथमिकतामा पार्न पहल गरिनेछ । कृषिक्षेत्रको व्यवसायीकरण तथा कृषिमा आधारित निर्यातमुखी उद्योगहरुको विकासका लागि सरकारसंग र अन्र्राष्ट्रिय संस्थासंग ठोस सहकार्यको सुरुवात गरिनेछ । 

साना तथा मझौला उद्योगको विकासका लागि विशेष कार्यक्रम
नेपालको अर्थतन्त्रको मेरुदण्डको भूमिका निर्वाह गर्नसक्ने साना तथा मझौला व्यवसाय तथा उद्यमीहरुको संरक्षण र विकासका लागि व्यवस्थापन सिप, प्रविधि र पूँजीको सरल व्यवस्था गर्न र बजार पहुँच सुनिश्चित गर्न महासंघले सरकार, वित्तिय क्षेत्र तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुसंगको सहकार्यमा साना तथा मझौला उद्योग SME हरुको विकास गर्न एक राष्ट्रिय कार्यक्रमको सुरुवात गरिनेछ । 

रोजगार मुलक उद्योग व्यवसायको विकास तथा विस्तारलाई प्राथमिकता 
रोजागारीका लागि युवा वर्गले विदेशिनु पर्ने स्थितीमा सुधार ल्याउन मुलुकभित्रै रोजागारीका अवसरहरु बढी भन्दा बढी सृजना गर्न विशेष कार्यक्रमहरुको तर्जुमा गरी सरकारसंगको सहकार्यमा कार्यान्वयन गराउने पहल गरिनेछ । महासंघको ‘रोजगारदाता परिषद’ लाई सक्षम र प्रभावकारी बनाइने छ । 

श्रमिक व्यवस्थापन सम्वन्ध सुधारमा विशेष पहल गर्ने  
उद्योग व्यवसायको सफल सञ्चालनको लागि श्रम संगठन तथा लगानीकर्ता/व्यवस्थापन विच सुमधुर सम्वन्ध आवश्यक हुन्छ । यसका लागि सम्वन्धित ऐन नीति नियमहरु लाई न्यायीक र व्यवसाय मैत्री बनाउनका लागि श्रमिक संगठनहरु, सरकार र महासंघका विच नियमित संवाद र सहकार्यहरु गर्ने ठोस कार्यक्रम ल्याउन पहल गरिनेछ । 

राष्ट्रिय/अन्र्तराष्ट्रिय सम्वन्धको विस्तार 
महासंघलाई नेपालका समस्त उद्यमी व्यवसायीहरुको एक सशक्त तथा सम्मानित प्रतिनिधि मुलक संस्थाको रुपमा राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा मान्य र स्थापित गराउनका लागि विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाहरु संग सम्वन्ध विस्तार गरेर सहकार्य गर्ने तर्फ प्रयास गरिनेछ । 

‘निजी क्षेत्र विकास अनुसन्धान केन्द्र’ को स्थापना गर्ने ।  
देशको आर्थिक उन्नतीको प्रमुख परिचालकको रुपमा रहेको निजी क्षेत्रको विकासका उपायहरुबारे अध्ययन अनुसन्धान गरेर आवश्यक कार्यक्रमहरु ल्याउन महासंघ, सरकार तथा निजी क्षेत्र तथा राष्ट्रिय अन्र्तराष्ट्रिय संस्थाहरुलाई निरन्तर रुपमा सल्लाह सुझाव प्रदान गर्न सम्वन्धित सरकारी, गैरसरकारी तथा अन्र्तराष्ट्रिय निकायहरु संगको सहकार्यमा महासंघ भित्र एक ‘निजी क्षेत्र विकास अनुसन्धान केन्द्र’ को स्थापना गरिनेछ ।

‘सामाजिक रुपले उत्तरदायी व्यवसायी’ को स्थिती बनाउन पहल गर्ने
उद्योगी व्यवसायीहरुलाई समाजमा हेर्ने दृष्ट्रिकोण परिवर्तन गर्नका लागि र सम्मानित वर्गको रुपमा स्थापित गराउन सामाजिक रुपले उत्तरदायी व्यवसाय (Socially Responsible Business)को अवधारणा ल्याउन छलफल अगाढी बढाइनेछ । 

निजी क्षेत्रको सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility)को अवधारणालाई आफ्नो व्यवसायको बजार विस्तार र सामाजिक प्रतिष्ठा कमाउने माध्यम जस्तो मात्र हुन गईरहेको अवस्थामा ‘सामाजिक उत्तरदायित्वपूर्ण तरिका’  बाट व्यवसाय गर्नेहरुलाई सम्मानित गर्ने कार्यक्रमहरु ल्याइनेछ ।

(उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को चैत २८ र २९ गतेको अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार किशोर प्रधानले आइतबार साँझ याक एण्ड यति होटलमा आयोजित घोषणासभामार्फत सार्वजनिक गरेका चुनावी एजेण्डा)