काठमाडौ । औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगड को ७५ औं जन्मोत्सव पारेर उनको सचित्र आत्मकथा समेटिएको “The Renaissance Man” (पुनरजागरणका प्रणेता)नामक पुस्तक विमोचन गरिएको छ । 

उक्त पुस्तक विमोचन भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए । 

सो पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाई सकारात्मक सोचका साथ निरन्तर अगाडि बढ्ने व्यक्तिको रुपमा चित्रण गरिएको छ । 

किसनलाल दुगडको जन्म वि.स. २००० सालमा भएको थियो र उनी १३ वर्षको उमेरबाट नै पढाइको साथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रुपमा लागिरहेका छन् । 

कृषिप्रधान देश नेपालको विकासमा कृषि सम्बन्धी उद्योगहरु खोली विस्तार गरेमा देश विकासमा सहयोग पुर्याउन सकिन्छ भन्ने सोचाइका साथ उनले कृषि क्षेत्रसँग सम्बन्धित खाद्यान्नका धेरै उद्योगहरु जस्तै आटा, तेल, चामल, मैदा तथा दालका साथै अन्य उद्योगहरु पनि स्थापना गर्दै आइरहेका छन् । 

के.एल. दुगड समुह नेपालकै अग्रणी औद्योगिक व्यवसायिक घरानामा पर्दछ । 

नेपालमै कच्चापदार्थ पाइने उद्योगहरुको स्थापना गरेमा देशको विकासमा भरपुर सहयोग पुग्छ भन्ने मान्यता राख्ने के.एल. दुगड समूहले पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरहरुमा लगानी गरेको छ । 

अन्तर्राष्ट्रिय आयातको प्रतिस्थापन गरी स्वदेशी उद्योगहरुको विकासमा के.एल. दुगड समूह लागिपरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सो समुहले हजारौंको संख्यामा रोजगारी प्रदानगर्दै आएको छ । 

यो सबै हुनुमा उक्त समुहको अध्यक्ष किसनलाल दुगडको निरन्तर लगाव, र सकारात्मक सोचका साथ निरन्तर अगाडि बढ्ने बानीको कारण सम्भव रहेको बताइएको छ ।