काठमाण्डौ । किसान माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

असोज २६ गते बसेको माइक्रोफाइनान्सको बोर्ड बैठकले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो कम्पनीले ६१ प्रतिशत बोनस सेयर र ३.२१ प्रतिशत नगद लाभांश वितरण गरेकोथियो ।

हाल यो माइक्रोफाइनान्सको चुक्तापूँजी ३ करोड २२ लाख रुपैयाँ रहेको छ। २५ प्रतिशत बोनस सेयरपछि चुक्तापूँजी बढेर ४ करोड २ लाखको उचाईमा पुुग्नेछ । 

यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ४३ लाख खूद नाफा आर्जन गरेको थियो ।