काठमाण्डौ । उत्कृष्ट नेपाली सांगीतिक सहकार्य ‘छुट्टेलान’ टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक भएको छ ।
आफ्नो प्रतिभामार्फत नेपाली संगीतबजारमा चिनिएका ‘टुबोर्ग ड्रिम बिग प्रोजेक्ट’ का बिजेताहरु, आरिफ रौफ र मोनिष निरौलाको साथमा प्रस्तुत गरिएको उक्त गीतले टुबोर्ग ओपन सेसन्स्को अवधारणा पुरा गरेको छ । टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा आरिफ र मोनिषले लोकप्रिय ब्याण्ड ‘कुटुम्ब’ को साथमा निकै भावपूर्ण प्रस्तुति पेश गरेका छन् । 

‘छुट्टेलान’को प्रस्तुतिमा आरिफ र मोनिषको गायन रहेको छ भने,टुङ्ना र अर्बाजोमा अरुण मानन्धर, सारङ्गीमा किरण नेपाली, पर्कुसनमा पबित महर्जन र राजु महर्जन, मुरलीमा रुबिन श्रेष्ठ साथै ईफेक्टस्मा सिद्धार्थ महर्जन रहेका छन् ।

नेपालको सांस्कृतिक बाजाहरुको आवाजको बढवा र संरक्षण गर्दै आईरहेको कुटुम्ब ब्याण्ड नेपालको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय फल्क–ईन्स्ट्रुमेन्टल ब्याण्ड रहेको छ । नेपाली संगीतमा नेपालको विविधता झल्कने विश्वास राख्ने कुटुम्बले हालसम्म ७ वटा ईन्स्ट्रुमेन्टल एल्बम निकालेको छ । कुटुम्बले सफलतापूर्वक मौलिकतामा कुनै सम्झौता नगरी नेपाली संगीतलाई थप चिनाउन निरन्तरता दिईरहेको छ । नेपाली संगीतको बढवाको लागि कुटुम्ब दुई प्रतिभाशाली कलाकारहरुको साथमा टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा आईपुगेका छन् ।

टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो, जसमा विभिन्न प्रचलित कलाकारहरुको लाईभ स्टुडियो रेकर्डेड प्रस्तुतिहरु पेश गरिन्छ । यस डिजिटल प्ल्याटफर्मले हालका र पुराना लोकप्रिय गीतहरुको लाईभ प्रस्तुतिहरुमार्फत सांगीतिक सहकार्य, रचनात्मकतालाई प्रोत्साहन गर्दछ ।

टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ । टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीतहरु च्यानल आरबिट्ररीमार्पmत युट्युबमा अपलोड गरिएको थियो जसले १ करोडभन्दा बढी भ्युज संकलन गरिसकेको छ ।