काठमाण्डौ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीका लागि पनि दसैँको टीका लगाउने साइत तयार पारेको छ।

विदेशमा रहेका नेपालीहरुले विजया दशमीको टीकाको साइतबारे जिज्ञासा राखिएकाले विभिन्न देशमा टीका लगाउने साइत तयार पारिएको समितिले जनाएको छ। समितिको हिजो बसेको बैठकले विभिन्न देशमा दसैँको टीकाको साइत तय गरेको हो। 

समितिका अनुसार नेपालमा दसैँको टीकाको उत्तम साइत असोज २९ गते बिहान १०ः ०२ मिनेटमा रहेको छ। 

यसैगरी भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ः०५ मिनेटमा टीकाको साइत रहेको समितिले जनाएको छ। 

समितिका अनुसार अमेरिकाको न्युयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा १५ अक्टोबरको दिन क्रमशः बिहान ९ः२५, ८ः४५, ८ः१५ र ७ः१५ बजे दसैँको टीका लगाउने उत्तम साइत रहेको छ। 

क्यानडाको टोरेन्टोमा १५ अक्टोबरमा बिहान ८ः३५ बजे र जापानको टोकियोमा १५ अक्टोबरमा बिहान ११ः०५ दसैँको टीका लगाउने उत्तम साइत परेको छ। 

यस्तो विभिन्न देशमा दसैँको टीकाको साइत–