काठमाण्डौ । हरेक वर्ष संसारका अर्बपतिहरुको सूचि सार्वजनिक गर्दै आइरहेको अमेरिकी पत्रिका फोब्र्सले यसपटकको अर्बपतिको सूचि समेत सार्वजनिक गरेको छ । अघिल्लो वर्ष भन्दा प्रत्येक पछिल्ला वर्षहरुमा संसारमा अर्बपतिहरुको संख्या बढिरहेको छ । पछिल्लो सूचि अनुसार नेपालका एक अर्बपति विनोद चौधरी फोब्र्सको सूचिमा पर्दा अमेरिकाका भने सबैभन्दा बढी ५ सय ४० अर्बपतिहरु फोब्र्सको सूचिमा परेका छन् । छिमेकी देश भारत ८४ अर्बपति पनि सूचिमा पर्न सफल भएका छन् । आउनुहोस्, हेरौं कुन देशका कति अर्बपति सूचिमा परेका छन् :

व्यापार र प्रविधिमा विश्वमै सबैभन्दा अगाडि रहेकै कारण अमेरिकामा सबैभन्दा धेरै अर्बपतिहरु बसोबास गर्छन । फोब्र्सको रिपोर्ट अनुसार विश्वमा सबैभन्दा बढी ५ सय ४० अर्बपतिहरु अमेरिकामै छन् । यति धेरै अर्बपतिहरु अन्य कुनै पनि देशमा छैनन् । अमेरिकाका सबै अर्बपतिहरुको कुल नेटवर्थ २.३९९ लाख करोड डलर रहेको छ । रिपोर्टका अनुसार बिल गेट्स यसपटक पनि अमेरिकाको सबैभन्दा धनी व्यक्तिको सूचिमै अडिएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी अर्बपति चीनमा बस्छन । फोब्र्सको अर्बपति सूचिमा अमेरिकापछि २ सय ५१ जना अर्बपति रहने कारण चीन दोश्रो नम्बरमा आउँछ । चीन बित्तीय सेवा, व्यापार र पर्यटनको प्रमुख केन्द्रको रुपमा स्थापित छ । चीनका यी सबै अर्बपतिहरुको कुल नेटवर्थ ५९३ अर्ब डलर रहेको छ । चीनका सबैभन्दा धनी व्यक्ति जियालिन वाङ हुन् । रक्षा क्षेत्रमा समेत चीनले दिन प्रतिदिन नयाँ नयाँ उपलब्धि हासिल गरिरहेको छ । हालै चीनले थप दुई परमाणु बिजुली रिएक्टर निर्माणका लागि ४.८ अर्ब डलर लगानीको योजना बनाइरहेको छ । 

युरोप महादीपमा रहेको जर्मनी बढी अर्बपति बस्ने देशमा तेश्रो नम्बरमा आउँछ । यहाँ फोब्र्स सूचिमा सामेल १ सय २० अर्बपतिहरु बस्छन । जर्मनीका यी अर्बपतिहरुको कुल नेटवर्थ ४६९ अर्ब डलर रहेको छ । जर्मनीका बिट हिएस्टर र कार्र्ल अल्ब्रचेस्ट सबैभन्दा धनी नागरिक हुन् । हाल जर्मनी यूरोपको सबैभन्दा ठूलो इकोनोमी भएको मुलुक हो । जर्मनी कम भ्रष्टाचार हुने विश्वकै सीमित देशको सूचिमा पनि पर्दै आएको छ । 

फोब्र्सका अनुसार विश्वका बढी अर्बपति जन्माउने मुलुकमा भारत पनि टप ५ मुलुक भित्र पर्छ । भारतमा कुल ८४ अर्बपतिहरु रहेका छन् । भारतका ८४ अर्बपतिको कुल नेटवर्थ २४८ अर्ब डलर रहेको अनुमान गरिएको छ । भारतका सबैभन्दा धनी व्यक्ति रिलायन्स इण्डस्ट्रिका प्रमुख मुकेश अम्बानी हुन् । 

भारतपछि सबैभन्दा बढी अर्बपति जन्माउने मुलुकको पाँचौ नम्बरमा रुसको नाम आउँछ । यो देशमा फोब्र्स सूचिका ७७ जना अर्बपतिहरु बस्छन । रुसका सबैभन्दा धनी व्यक्ति लियोनिड मिखेल्सन हुन् । उनी रसियन ग्यास कम्पनी नोभाटेकका सीइओ र चेयरमेन दुवै हुन् । मिखेल्सनसँग इण्डस्टियल सिभिल इञ्जिनियरिंगको डिग्री समेत रहेको छ । तपाईलाई पत्यार नलाग्न सक्छ, रुसका सबैभन्दा धनी अर्बपति मिखेल्सनले आफ्नो करिअरको सुरुवात फोरमेनको जागिरबाट गरेका थिए ।