काठमाण्डौ । भारतको महिन्द्रा गु्रुप तथा विद्युतीय सवारी साधन निर्माणमा अग्रणी कम्पनीको एक हिस्सेदार संस्था महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको विद्युतीय गाडी तथा जेनेरेटरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्ना विद्युतीय गाडीहरुका लागि ललितपुरको कुपण्डोलमा सर्भिस स्टेसनको सुरुवात गरेको छ । 

यो सर्भिस स्टेशनबाट कम्पनीले चैत २६ देखि आफ्नो सेवा प्रारम्भ गरेको हो ।

सर्भिस स्टेसनको समुद्घाटन नेपाली टाइम्सका संस्थापक सम्पादक कुन्द दिक्षितले गरेका थिए । उनी महिन्द्रा इ ट्वान्टीका पहिलो नेपाली ग्राहक पनि हुन् ।

कुपण्डोलमा स्थापना गरिएको स्टेसनबाट विद्युतीय गाडीहरुको सर्भिस, पिडिआई (प्रिडेलिभरी इन्स्पेक्शन) लगायतका कार्य गरिने कम्पनीले जनाएको छ । 

साथै यस  सेन्टरबाट विद्युतीय गाडीको स्पेयरपार्ट्स बिक्री तथा सर्भिसिङ्ग पनि गरिन्छ भने ग्राहक समक्ष गाडी पुर्याउनुपूर्व नै गाडी पूर्ण रुपमा गुणस्तरयुक्त छ भनी सुनिश्चितता पिडिआइले प्रदान गर्दछ  ।  

यस सेन्टरबाट केभिन इन्भर्टर, कन्स्ट्यान्ट ब्याट्रि तथा महिन्द्रा पावरवल जेनेरेटरको सर्भिस तथा त्यससँग सम्बन्धित स्पेयर पार्टहरु सुलभ मूल्यमा प्राप्तगर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।