काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि ११.१३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले ९६ करोड ७० लाख रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा खुद नाफा बैंकले २८.०४ प्रतिशतले बढाएको हो ।

समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब १ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । यसले बैंकले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको देखाउँछ । 

बैंकको सञ्चालन मुनाफा ३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो।
अघिल्लो वर्ष १ अर्ब ७९ करोड रुपैयाँ रिजर्बको आकार बढाएर बैंकले २ अर्ब १४ करोड रुपैयाँको पुर्याएको छ । 

बैंकले रिटेन अर्निङतर्फ ३६.०१ प्रतिशतले घटाएको छ । अघिल्लो वर्ष १ अर्ब ५२ करोड रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा ९७ करोड ७४ लाख रुपैयाँमा झरेको छ । 

समीक्षा अवधिमा बैंकले ७३ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब १२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ५९ अर्ब ५४ करोड निक्षेप संकलन गरी ६० अर्ब ५९ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

बैंकको प्रतिसेयर आम्दानी १५.३६ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.९७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा १.०१ प्रतिशत रहेको थियो । बैंकको खराब कर्जामा ०.०४ प्रतिशतले घटेको देखाएको छ । 

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १२.०७ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ र पीई रोसियो १४.३२ गुणा कायम भएको छ ।