काठमाण्डौ । कुमारी बैंक लिमिटेडमा विलय हुन लागेको देवः विकास बैंक लिमिटेडको खराब कर्जा अनुपात चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म झनै बढेको छ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा अनुपात गत वर्षको यही अवधिसम्मको तुलनामा १.०६ प्रतिशतले बढेर २.९८ प्रतिशत पुगेको छ। यो दर गत वर्ष यही अवधिसम्म १.९२ प्रतिशतमात्र थियो। 

समीक्षा अवधिसम्ममा बैंकको कस्ट अफ फन्ड भने १.०४ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिसम्म ९.३७ प्रतिशत रहेको कस्ट अफ फन्ड घटेर ८.३३ प्रतिशतमा झरेको छ। 

बैंकको आधार दर पनि घटेर ११.०२ प्रतिशतमा झरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको आधार दर १२.७७ प्रतिशत थियो। 

समीक्षा अवधिसम्म बैंकको कर्मचारी र अन्य खर्च बढ्दा नाफा घटेको छ। यो अवधिसम्म बैंकको कर्मचारी खर्च ३१.२८ र अन्य खर्च ३६.६८ प्रतिशतले बढ्दो खुद नाफा ३.५० प्रतिशतले घटेको छ। 

समीक्षा अवधिसम्म बैंकको खुद नाफा १८ करोड ७७ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा १९ करोड ४५ लाख रुपैयाँ रहेको थियो। 

दोस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि घटेको छ। गत वर्ष यही अवधिसम्म २७ करोड ९५ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा समीक्षा अवधिसम्ममा घटेर २६ करोड ३५ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी भने २१.५९ प्रतिशतले बढेको छ। यो अवधिसम्म बैंको खुद ब्याज आम्दानी ५६ करोड ४६ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी ४६ करोड ४३ लाख रुपैयाँ रहेको थियो। 

दोस्रो त्रैमासमा बैंकले २२ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले २१ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

बैंकको रिजर्भ २१ प्रतिशतले बढेको छ। गत वर्ष ४८ करोड ५९ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ५८ करोड ८० लाख रुपैयाँ पुगेको छ। 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ११.८२ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १२.१० गुणा रहेको छ।