काठमाण्डौ । आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र पर्साको वीरगन्जस्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ।

कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार सात्विक आयुर्वेद अस्पतालमा ओडीपी, प्याथोलोजी, पँचकर्म र औषधिमा ५% सम्म तथा थेरापीलगायत आईडीपी. (बेड चार्जेज)मा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकले आफ्ना देशव्यापी १९५ शाखा सञ्जाल, १५२ एटीएम, २३ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।