काठमाण्डौ । आफ्ना ग्राहकलाई स्वास्थ्यसम्बन्धी विभिन्न सेवा लिँदा सेवाप्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्दै जाने उद्देश्यले कुमारी बैंक लिमिटेडले जीवन्त एडभान्स काठमाण्डौं इमेजिङसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ। 

कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा जीवन्त एडभान्सकी प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार जीवन्त एडभान्समा एमआरआई, सीटी स्क्यानलगायत अल्ट्रा साउन्ड शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटीएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।