काठमाण्डौ । ललितपुरको ग्वार्को तरकारी बजारमा अब उपभोक्ताहरुले क्यूआर कोडबाटै भुक्तानी गर्न सक्ने भएका छन्।

कुमारी बैंक लिमिटेडले ग्वार्को तरकारी तथा फलफूल बजार प्रालिमा क्यूआर कोड वितरण गर्दै यो सेवा सञ्चालनमा ल्याएको हो। यो सेवाको सुरुआत ललितपुर महागरपालिकाका मेयर चिरिबाबु महर्जनले शुभारम्भ गरेका थिए। 

यो सेवा सुरु भएसँगै अब उपभोक्ताले मोबाइल बैंकिङमार्फत क्यूआर कोड प्रयोग गरी ग्वार्को तरकारी तथा फलफूल बजारमा किनमेल गरी भुक्तानी गर्न सक्नेछन्। राष्ट्र बैंकको नगदरहित कारोबारलाई विस्तार गर्न ग्वार्को तरकारी बजारमा क्यूआर कोड वितरण गरिएको बैंकले जनाएको छ।