काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कृषि विकास बैंक लिमिटेडले खराब कर्जा दर घटाउन सफल भएको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खराब कर्जा दर ०.५५ प्रतिशतले घटाउँदै ३.६५ प्रतिशतमा झार्न सफल भएको हो। गत वर्ष यही अवधिसम्म बैंकको खराब कर्जा दर ४.२२ प्रतिशत रहेको थियो। 

यसैगरी बैंकले समीक्षा अवधिमा आधार दर पनि १.१९ प्रतिशत झार्दै ९.९७ प्रतिशतमा सीमित पारेको छ। गत वर्ष यही अवधिसम्म बैंकको आधार दर ११.१६ प्रतिशत रहेको थियो।

बैंकको सीडी रेसियो भने गत वर्षको तुलनामा ७.५२ प्रतिशतले घटाउँदै ७०.७७ प्रतिशत सीमित बन्न पुगेको छ। 

तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा २ अर्ब ४ करोड रुपैयाँ रहेको छ। गत वर्ष बैंकको खुद नाफा २ अर्ब २१ करोड रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ७० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्ममा पनि बैंकको सञ्चालन मुनाफा २ अर्ब ७६ करोड रुपैयाँ नै थियो। 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ८६ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ८१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ। 
समीक्षा अवधिमा बैंकले १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब १८ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म रिजर्भमा २८ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा आकार घटेर समीक्षा अवधिसम्म २७ अर्ब ८५ करोड रुपैयाँमा सीमित बनेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २६.५५ रुपैयाँ रहेको छ। बैंकको पीई रेसियो १३.८६ गुणा रहेको छ।