काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ ।

कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने  र खल्तीका निर्देशक  अमित अग्रवालले बैंकको मुख्य कार्यालयमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

खल्तीसँगको सम्झौतापछि कृषि विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिग र इन्टरनेट बैंकिक सेवा प्रयोग गरेर उनीहरूको खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तान सेवा उपयोग गर्न सक्नेछन् । 

यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पु¥याउने अपेक्षा कृषि विकास बैंकले गरेको छ ।  ग्राहकहरूले डिजिटल डिजिटल बैंकिंगमा अझ धेरै सुविधा पाउँले बैंकले जनाएको छ ।

सम्झौता अनुसार बैंकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिंग प्रणाली प्रदान गर्नेछ । यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्। कृषि विकास बैंकका ग्राहकले ई(बैंकिंग, मोबाइल बैंकिंग, बैंक स्मार्ट, बैंकिंग चेकआउट जस्ता विभिन्न माध्यमहरू मार्फत खल्तीमा रकम लोड गर्न सक्नेछन् । 

खल्ती सन् २०१७ जनवरीमा सुरू भएको नेपालको उदाउँदो मोबाइल भुक्तानी सेवा प्रदायक हो । यसबाट विभिन्न उपयोगिता बिल भुक्तानी सेवाहरू, मोबाइल रिचार्ज, डीटीएच रिचार्ज, आन्तरिक हवाइ उडानको टिकट बुकिंग, चलचित्र टिकट बुकिंग, विभिन्न कार्यक्रमको टिकट बुकिँग, होटल बुकिंग, अखबारको ग्राहक शुल्क तिर्ने लगायतका विभिन्न डिजिटल भुक्तान सेवाहरूका सथै विभिन्न अनलाइन साइटहरूबाट किनमेल गरेको बिल तिर्न सकिन्छ । खल्ती नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी सेवा प्रदायक हो । खल्तीको प्रयोग गरेर नियमित रूपमा १० लाखभन्दा बढी व्यक्तिले विभिन्न बिल भुक्तानी गर्र्दै आएका छन् ।