काठमाण्डौ । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आज सोमबार बिहान बसेको बैठकले चुक्तापुँजीको कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

यसैगरी बैंकले नेपाल सरकारले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैठकले निर्णय गरेको छ।