काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले ६ अर्ब रुपैयाँबराबरको ऋणपत्र निकाष्सन गर्ने भएको छ।

बैंकले ‘कृषि ऋणपत्र’ नामक ऋणपत्र निष्कासनको अनुमति माग्दै गत मंसिर २९ गते नेपाल धितोपत्र बोर्डमा आवेदनसमेत दिएको छ। बैंकले रु. १ हजार अंकित दरका ६० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। 
सातवर्षे अवधिको यो ऋणपत्रको कुल इकाइमध्ये ३६ लाख इकाइ प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ भने बाँकी २४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

यो ऋणपत्रका इकाइधनीहरुले वार्षिक ४ प्रतिशतका दरले ब्याज पाउनेछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।