काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको लाभांश अनुमोदन गर्दै कृषि विकास बैंकको १४ औँ वार्षिक साधारणसभा आज बुधबार सम्पन्न भएको छ। 

सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम पैतिष्ठानमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु भएको थियो। सभाले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १५.७८ प्रतिशत लाभांश पारित गरेको छ। जसमा १५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.७८ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सभामा वक्ताका रुपमा भाग लिएका सेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले स्पष्ट पार्नुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। सभामा विभिन्न निकाय तथा संघसंस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।