काठमाण्डौ । कृषि विकास बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी भर्ना गर्न शुक्रबार दरखास्त आह्वान गरेको छ।

बैंकको जनशक्ति व्यवस्थापन विभागले चौथोदेखि नवौँ तहसम्म खुला तथा समावेश प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि कुल ३२६ जनाका लागि दरखास्त आह्वान गरेको हो। 

बैंकले सबैभन्दा धेरै प्रशासनतर्फ पाँचौँ तहको व्यवसाय सहायक ११९ जनाका लागि दरखास्त खुलाएको छ। त्यस्तै प्रशासनतर्फ नै लेखापल चौथो तहका लागि ६२ जना कर्मचारी भर्ना गरिने भएको छ। 

छैटौँ तहको व्यवसाय अधिकृत ४४ जना भर्ना लागेका बैंकले कर्जा अधिकृत २० जनाका लागि दरखास्त खुलाएको छ।

यसैगरी बैंकले नवौँ तहमा ३ जना वरिष्ठ शाखा प्रमुख, आठौँ तहमा शाखा प्रमुख ५ जना, सातौँ तहमा वरिष्ठ लेखा अधिकृत (सीए) १७ जना र वरिष्ठ इन्जिनियर (आईटी) ८ जना भर्ना बैंकले दरखास्त खुलाएका छ। 

त्यस्तै छैटौँ तहमा एमआईएस अधिकृत ४, कम्प्युटर अधिकृत ४, कानुन अधिकृत ९, इन्जिनियर (आईटी) ११ र इन्जिनियर (सिभिल) ३ जनाका लागि दरखास्त आह्वान गरिएका छ। पाँचौँ तहमा कानुन सहायक पदमा ३ जना र ऋण सहायकमा १४ जना भर्ना गरिने बैंकले जनाएको छ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत यही माघ २९ गतेसम्म र दोब्बर दस्तुर तिरी फागुन ६ गतेसम्म दरखास्त दिन सक्नेछन्।

दरखास्त दिन यहाँ क्लिक गर्नुहोस् ।

सूचना तल हेर्नुहोस्–