काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कृषि विकास बैंकले २ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १.४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। 

बैंकको सञ्चालन मुनाफा २ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा २.२९ प्रतिशतले कम हो। गत वर्ष यस्तो मुनाफा २ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी पनि १.५३ प्रतिशतले घटेर ४ अर्ब ४२ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ४ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। 

यो अवधिमा बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको रिजर्भको आकार ९.८ प्रतिशतले घटेर १० अर्ब ११ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ११ अर्ब २० करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म बैंकको निष्क्रिय कर्जा दर ३.६५ प्रतिशतबाट घटेर ३.०८ प्रतिशतमा झरेको छ। बैंकको आधार दर पनि समीक्षा अवधिमा ७.४८ प्रतिशतमा सीमित बनेको छ। गत वर्ष आधार दर ९.९७ प्रतिशत रहेको थियो।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढे २२.१९ रुपैयाँमा सीमित बनेको छ। गत वर्ष ईपीएस २१.८४ रुपैयाँ रहेको थियो। पीई रेसियो २०.०५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ भने २२६.४७ रुपैयाँ रहेको छ।