काठमाण्डौ । आधुनिक प्रविधिको विकाससँगै बैंकिङ क्षेत्रमा विभिन्न किसिमका वस्तु तथा सेवाको विकास एवं विस्तार भइरहेको छ। कृषि विकास बैंक लिमिटेडले पनि आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकताअनुसार आधुनिक वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ। 

यही क्रममा बैंकले गत वैशाखबाट क्रेडिट कार्ड व्यवसायको सुरुआत गरिसकेको छ। हालसम्म बैंकले ७८ वटा कार्डहरु जारी गरिसकेको छ।  

नेपालका सरकारीस्तरका बैंकहरुमा यो सेवा प्रदान गर्ने कृषि विकास बैंक पहिलो बैक भएको छ। कार्यालयको कार्यक्षेत्रभित्र बसोबास गरी दिगो आयस्रोत भएका विश्वासिला नेपाली नागरिक, कृषि विकास बैंकका पूर्वकर्मचारी तथा कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्नेछन्।

बैंकले जारी गरेको क्रेडिट कार्डको सीमा न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म कायम गरिएको छ। त्यसैगरी EMV Compliance, Contactless Payment Features,  नेपाल र भारतमा चल्ने POS Terminal मार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने आदि विशेषताहरु छन्। यसका साथै बैंकले क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने कृषि विकास बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न सम्पूर्ण ग्राहकलाई अनुरोध गरेको छ।