काठमाण्डौ । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार कृषि विकास बैंकको सञ्चालक समितिको सञ्चालक सदस्यमा रमेशकुमार केसी मनोनयन भएका छन्। 

सरकारी सेवाको लामो अनुभव हासिल गरेका नवनियुक्त सञ्चालक केसी हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक केसीलाई बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका छन्। 

सपथ ग्रहण समारोहमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु डा हरिबहादुर केसी, डा इन्दिरा श्रेष्ठ (मास्के), सञ्जीव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरागाईं, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेललगायतको उपस्थिति थियो।