काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित लाभांश पारित गरेको छ।
भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा भर्चुअल माध्यमबाट सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५२६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश छन्।
सभा बैंक सञ्चालक समितिका अध्यक्ष रमेशकुमार केसीको अध्यक्षतामा सम्पन्न भएको हो। सभामा वक्ताका रुपमा भाग लिएका सेयरधनीले उठाएका जिज्ञासहरुको जबाफ अध्यक्ष केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले दिनुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरे।
सभामा विभिन्न निकाय, संघसंस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारी र बैंक सञ्चालक समितिका सदस्यहरु रमेश दुवाडी, प्रकाशकुमार सन्जेल, सञ्जीव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरागाईं, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिति थियो। सभा सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए।
बैंकले देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा २७९ वटा शाखाहरुबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
4 minutes ago
20 minutes ago
45 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago