काठमाडौ । कृषि विकास बैंक लिमिटेडले क्यूआर टेलर सुरुआत गरेको छ।
बैंकको ५५ औँ वार्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले काठमाण्डौको रामशाहपथस्थित बैंकको कर्पोरेट बैंकिङ कार्यालयमा क्यूआर टेलरबाट कारोबार गरी यो सेवाको विधिवत रुपमा सुरुआत गरेका हुन्।
कार्यक्रममा उपमहाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दीर्घबहादुर अर्याल र बाबुकाजी थापा, विभागीय प्रमुखहरु अजयकुमार रिमाल, पप्पुबाबु श्रेष्ठ, सुन्दरप्रसाद खतिवडा र सरोजकुमार शाह तथा डिजिटल बैंकिङ विभागका वरिष्ठ शाखा प्रमुख प्रज्ज्वल भट्टराईलगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो।
बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले चेक बिना नै सहज तथा सुरक्षित रुपमा क्यूआर टेलरबाट क्यूआर स्क्यान गरी आफ्नो खाताको रकम भुक्तानी लिन सकिने सेवाको सुरुआत भएसँगै ग्राहकहलाई थप डिजिटल सेवा प्राप्त गर्ने अवसर मिलेको छ।
बैंकले वित्त बजारका अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग प्रतिस्पर्धा गर्न परम्परागत बैंकिङ गतिविधिका अतिरिक्त ग्राहकको आवश्यकताअनुसारको अत्याधुनिक बैंकिङ सेवाहरु मोबाइल बैंकिङ, अलर्ट बैंकिङ, इन्टरनेट बैंकिङ, आन्तरिक रेमिट्यान्स, एजेन्सी रेमिट्यान्स, स्विफ्ट, कार्ड, एटीएम, ईसीसी, आईपीएस, कनेक्ट आईपीएस, सि–आस्बा, डिम्याटलगायतका विभिन्न सेवाहरु व्यवस्थित, भरपर्दो तथा सुरक्षित रुपमा सञ्चालन गरिरहेको परिप्रेक्ष्यमा यस क्यूआर टेलर सुविधाले ग्राहक थप आकर्षित हुने देखिन्छ।
9 minutes ago
34 minutes ago
41 minutes ago
49 minutes ago
57 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago