काठमाण्डौ। ‘तपाइँ हाम्रो घर आँगनको बैंक’ भत्रे नाराका साथ व्यवसाय वृद्धिमा अग्रसर रहेको कृषि विकास बैंक लिमिटेडले भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ। 

देशकै नमुना क्यान्सर अस्पतालका रुपमा विकास भइरहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र कृृषि विकास बैंकबीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको हो। 

विगत ५ वर्षदेखि एक्सटेन्सन काउन्टरसहित अस्पतालको आय संकलनको कार्य गरी रहेकोमा हाल सम्झौताको म्याद समाप्त भएकाले पुनः बैंकिङ कारोबारका लागि भएको सम्झौतापत्रमा कृषि विकास बैंकको प्रदेश कार्यालय चिवतनका निर्देशक रधुनाथ न्यौपाने र अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा अस्पताल सञ्चालक समिति अध्यक्ष डा. निर्मल लामिछाने, उपनिर्देशक डा. कृष्णकुमार शर्मा, पूर्वसञ्चालक डा. विनुमा श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत पिताम्वर उपाध्याय, कानुन अधिकृत गोर्कण सापकोटालगायतको सहभागिता थियो। बैंकका तर्फबाट निर्देशक रधुनाथ न्यौपाने, कृषि बैंकिङ विभागका विभागीय प्रमुख चन्द्रसिंह थापालगायतको उपस्थिति थियो।

अध्यक्ष लामिछानेले बैंकले अस्पतालको हाताभित्र सेवा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै नगदरहित सेवा प्रवाहको अपेक्षासमेत गरे। 

कार्यकारी निर्देशक गौतमले बैंकसँग सहकार्य गर्दा अस्पतालको शाख वृद्धि हुने र सेवा प्रवाहमा सहजीकरणसमेत हुने विचार राखे। 

कृषि विकास बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगरका निर्देशक रधुनाथ न्यौपानेले नगद जम्मा, नगद भुक्तानी, चेक माग, बैंक खाता खोल्नेलगायतका सेवाका अतिरिक्त अस्पतालका कर्मचारीहरुले प्रोफेसनल लोन, क्रेडिट कार्ड, विद्युतीय भुक्तानीका सेवा उपयोग गर्न अनुरोध गर्दै अव्बल सेवा प्रवाह गर्न बैंक सधै प्रतिबद्ध रहेको धारणा राखे। 

यस सम्झौतापश्चात बैंकको एक्सटेन्सन काउन्टरमार्फत सो क्षेत्रमा ग्राहकले नगद जम्मा, नगद भुक्तानी, चेक मागलगायतका सेवा प्राप्त गर्न सक्नेछन् भने अस्पतालका कर्मचारीले निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्न सक्नेछन्। 

कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासन प्रमुख हृदय नारायण महतोले गरेका थिए। अन्य सहजीकरण शाखा कार्यालय भरतपुरका प्रवन्धक दिनेशबाबु नेपालले गरेका थिए।