काठमाण्डौ । कान्साई पेन्टस् जापानको सहायक कम्पनी तथा नेपालको अग्रणी पेन्ट ब्रान्डहरुमध्ये एक केएनपी जापान प्रालिले यसपालि पनि आफ्नो ‘पर्वसँगै रंगमा दंग’ भन्ने चाडपर्व अफर लिएर आएको छ। 

यो ग्राहक केन्द्रित अफर हो। विशेषगरी चाडपर्वका लागि रु. ७५ हजारको खरिदमा मान्य हुने कम्पनले जनाएको छ। जुन इम्प्रेसन २४ क्यारेट वा माइका मार्बल वा एक्सेल टोटल वा ब्युटी गोल्ड वाशेबल वा चारैवटाको संयुक्त मात्रामा पाउन सकिनेछ। अर्कोतर्फ यो चाडपर्वमा ग्राहकले केएनपी नेरोल्याकबाट तीनवटा विशेष उपहार पनि प्राप्त गर्न सनेछन्। 

कम्पनीले उल्लिखित मापदण्ड पूरा गर्ने हरेक खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएकोले पहिलो प्रस्ताव एक निश्चित उपहार हो।

त्यसैगरी दोस्रो उपहार अझै बेसी रोमाञ्चक हुन जान्छ किनकिन कम्पनीले ५० जना ग्राहकलाई स्मार्टवाच उपलब्ध गराउने दाबी गरेको छ भने अन्तिममा रु. ५ लाखको एकजनालाई बम्पर उपहार पनि रहेको छ । यी दुई उपहारको विजेता लक्कीड्रमार्फत तय गरिनेछ।

केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान सञ्चालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ। सोही उत्साहलाई कायम राख्नका लागि अझै यस्ता थप अफरहरु ल्याउने कम्पनीको दाबी छ।