काठमाण्डौ । केएल दुगड समूहले बाँके जिल्लाका ४०० घरपरिवार विपन्नहरुलाई राहात वितरण गरेको छ । 

केएल दुगड समूहले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडानम्बर ७, १४ तथा १५ मा ४०० परिवारलाई चामल १० केजी, चक्की आँटा २ केजी, दाल १ केजी, चना १ केजी र धारा तोरीको तेल १ लीटर गरी कुल १५ केजीको फेमिली प्याक उपलब्ध गराएको छ । 

ती वडामा बसोबास गर्ने गरीब, असहाय, अपाङ्गहरुलाई  वार्ड अफिसको समान्वयमा दुगड समूहले राहात वितरण गरेको हो । 

ती खाद्य समाग्री बितरण कार्यक्रममा सम्बद्ध वडाका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । 

कोरोना महामारीले गर्दा कोही पनि परिवार भोकभोकै बस्न नपरोस् भन्ने उद्देश्यले विशेष गरी दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने, असहाय, गरीब परिवारहरुलाई वडा कार्यालयले पहिचान गरेका तथा समान्वयमा खाद्य समाग्री बितरण गरिएको केएल दुगड समूहका प्रदीप छाजेड बताए । 

सो समूहले कुनै विपत्ति, अप्ठेरो, महामारी पर्ने बित्तिकै त्यस्ता दैनिक रुपमा जीवन चलाउन अप्ठेरो हुने वर्गहरुलाई सधैं सहयोग गर्दै आइरहेको र भविष्यमा समेत गरिरहने प्रतिबद्धता जनाएको छ ।