काठमाण्डौ । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजयदशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गतेदेखि रमाईलो दशैंतिहार उपहार योजना संचालनमा ल्याएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन् । 

हरेक दिन उपहार जित्न सकिने योजनाको बम्पर उपहारमा टिभिएसको अपाची आरटीआर मोटरसाइकल, जुपिटरको स्कुटर लगायतका उपहार राखिएका छन् । 

दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन लगायत छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान उपलब्ध गराउने टावर व्यवस्थापनले जनाएको छ । 

यसका साथै साप्ताहिक उपहारमा टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर पनि ग्राहकले पाउने छन् ।

उपहार जित्न केएल टावरमा रहेका आउटलेटमा कम्तीमा एक हजार रुपैयाँको सामान खरिद गर्दा ग्राहकले कुपन प्राप्त गर्ने छन् ।  कुपनका आधारमा दैनिक तथा साप्ताहिक लक्की ड्र गरी उपहार वितरण गरिने टावरले जनाएको छ । 

५० वटा पसल, मिनीशौ, लाउञ्ज, कफिबार, तीनवटा सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, मोबाईल हबलगायतका दैनिक प्रयोगमा आउने सबै प्रकारका सामान खरिदमा ग्राहकले एकहजार रुपैयाँ बराबरको कुपन प्राप्तगर्ने छन् । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ । 

असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म संचालन हुनेछ ।