काठमाण्डौ । केएल टावरले दसैँतिहारका लागि उपहारैउपहारसहितको ‘रमाइलो दसैँतिहार’ उपहार योजना सुरु गरेको छ।योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउनेछन्।  

केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, सफारी ब्याग, डीएचआई भ्याकुम क्लिनर, मिक्चर, राइस कुकरलगायत १ हजार रुपैयाँबराबरको सपिङ भाउचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ।

त्यसैगरी साप्ताहिक रुपमा डीएचआई ब्रान्डको वासिङ मेसिन, डीएचआई ४३ इन्चको टेलिभिजन, १७० लिटरको रेफ्रिजिरेटर, डिलक्स राइस कुकर, वाटर डिस्पेन्सर, सफारी लगेज, टाइमेक्स घडी तथा सर्टिङ सुटिङलगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ।

बम्पर उपहारमा एकजनालाई ४ रात ५ दिनको दुबई भ्रमणको प्याकेज उपलब्ध गराइने मेला संयोजक हीरामणि तिमिल्सिनाले जानकारी दिए। त्यस्तै बम्पर उपहारमा यामाहाको एफजेडएस एफआई मोटरसाइकल वितरण गरिने उनको भनाइ छ। 

उपहार योजनामा सहभागी हुनका लागि कम्तीमा १ हजार रुपैयाँबराबरको सामान खरिद गर्नुपर्ने हुन्छ। हजार वा सोभन्दा बढीको सामान खरिद गरेपछि उपभोक्तालाई उपलब्ध गराइने कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने मेला संयोजक तिमिल्सिनाले जानकारी दिए।

चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ केएल टावरले उपहार योजना सञ्चालन गरेको हो। असोज ५ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक ३० गतेसम्म चल्नेछ।

टावरमा ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर शोरुमलगायतका पसल सञ्चालनमा छन्।