काठमाण्डौ । बाइका सौखिनहरुका लागि केटीएम यही महिना शानदार बाइक ‘केटीएम २५९ एडभेन्चर’ लन्च गर्ने तयारी सुरु गरेको छ।

समाचार सूत्रहरुका अनुसार यो बाइक अबको २–३ हप्ताभित्र भारतमा लन्च हुनेछ। हालै यो बाइक भारतमा टेस्ट राइडका क्रममा देखिएको थियो।

अफ रोडिङ र एडभेन्चर यो बाइकमा २४८ सीसी सिंगल सिलिन्डर इन्जिन हुनेछ। यो बाइकको टक्कर रोयल इनफिल्ड हिमालयन र बीएमडब्ल्यू जी३१० जीएसजस्ता बाइकसँग हुने अनुमान गरिएको छ। 

यो बाइकमा हेलोजन हेटलेम्प सेटअप देखिन पाइनेछ। यसका साथै यो बाइकमा लिड डीआरएल र अरु फरक ग्राफिक्स देख्न पाइनेछ।

यो बाइमा ५.० इन्चको ब्ल्याक एन्ड ह्वाइट टीएफटी डिस्प्ले हुनेछ। यसका साथै स्विचेबल एबीएस, मोनोशक रियर, डुअल स्पोर्ट टायरजस्ता थुप्रै विशेषताहरु हुनेछन्। यद्यपि यो बाइकमा रहेका विशेषताहरुमाथिको पर्दा लन्चपछि नै खुल्नेछ। 

समाचार स्रोतहरुका अनुसार यो बाइकको मूल्य भारु २.३ लाखदेखि २.५ लाखको बीचमा हुनेछ। – एजेन्सी