काठमाण्डौ । विश्वको नम्बर १ र नेपालको सर्वाधिक तीव्रगतिको प्रगतिशील प्रिमियम मोटरसाइकल ब्रान्ड केटीएमले आज बीएस सिक्सको मोडल एकदमै नयाँ २०२० रेन्ज लन्च गर्ने घोषणा गरेको छ।

2020, KTM 200 DUKE लाई पूर्ण रुपले अपग्रेड गरिएको छ। जुन शानदार १२९० सुपर ड्युक—आरबाट प्रेरित छ। यस बाइकको एकदमै नयाँ अनि ज्यादै हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्पका साथ अपग्रेड गरिएको छ। यसको पूरै बनावटलाई नयाँ रुप दिइएको छ। 

यो बाइक डुअल–च्यानल एबीएस र लिड डीआरएलएसजस्तो एकदम नयाँ सुविधाहरुले भरिपूर्ण छ। यी नयाँ सुविधाहरुका साथै यस बाइकमा अल्ट्रा कम्प्याक्ट, लिक्विड–कुल्ड, डीओएचसी, ४–भल्भ इन्जिन, अत्याधुनिक इन्जेक्सन इलेक्ट्रोनिक्स, उन्नत डब्ल्यूपी सस्पेन्सन तथा आकर्षक देखिने स्विंगआर्मजस्तै उच्च प्राविधिक क्षमता भएको कम्पनेन्ट छ, जसले बाइक चलाउने बेला ज्यादै आनन्द तथा तीव्रगतिले मोडिने क्षमता प्रदान गर्छ।

यसमा अर्को प्रमुख सुधार भनेको फ्युल क्षमताको १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ। जसबाट चालकले ३०% अतिरिक्त दूरीसम्मको आनन्द लिन सक्छन्। KTM 200 DUKE यस श्रेणीमा सबैभन्दा ज्यादा अर्थात् २५ पीएसको पावरले भरिपूर्ण छ तथा आउटगोइङ मोडलका रुपमा १९.३ एनएम टर्क उत्पन्न गर्न सक्छ। डुअल–च्यानल एबीएसका साथ विल्कुलै नयाँ 2020, KTM 200 DUKE दुई नयाँ रङको विकल्पः इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक ह्वाइटमा उपलब्ध हुनेछ। यो बाइक ५ लाख ३९ हजार ९०० को प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ।