काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साढे २ अर्ब रुपैयाँ बढी रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको २ अर्ब ६६ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअनुसार यो कुल रकममध्ये २ अर्ब १२ करोड ८० लाख रुपैयाँ क वर्गका वाणिज्य बैंकमा, ३९ करोड ९० लाख रुपैयाँ ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १३ करोड ३० लाख रुपैयाँ ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसहित यही मंसिर १७ गते गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ। राष्ट्र बैंकले मुद्दति निक्षेपका रुपमा गर्ने यो लगानी समायावधि २०७७ पुस १ गतेदेखि २०७८ भदौ ३१ गतेसम्म २७५ दिनका लागि हुनेछ।
मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरु कम्तीमा पनि सञ्चालन आएको २ वर्ष पूरा भएको हुनुपर्नेछ ।
यसैगरी राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेका बैंक तथा वित्तीय संस्थाले मात्र प्रस्ताव पेस गर्न सक्नेछन्। प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्नेछ भने खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा पनि २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्नेछ।
राष्ट्र बैंकको सूचना तल –
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago