काठमाण्डौ । जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको आरोपमा नेपाल राष्ट्र बैंकको निर्देशक तहमा कार्यरत सुष्मा रेग्मी (रिजाल) पक्राउ परेकी छन्।
ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको आरोपमा सरकारी वकिलको कार्यालयमा जाहेरी परेपछि प्रहरीले रेग्मीलाई पक्राउ गरेको हो।
केन्द्रीय बैंकको कर्पोरेट प्लानिङ एन्ड रिक्स म्यानेजमेन्ट विभागमा कार्यरत रेग्मीविरुद्ध उनकै आमाले जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरी स्रोत बताउँछ। उनीमाथि वृद्ध आमा र अपांगता भएकी दिदीको पैसा लिएर हेरचाह नगरेको आरोप लागेको छ ।
रेग्मीलाई ज्येष्ठ नागरिक ऐनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
45 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago