काठमाण्डौ । कैलाश विकास बैंकले ललितपुर महानगरपालिका २३  धापाखेलमा आफ्नो  १०१ औँ शाखा स्थापना गरी आज बिहीबारदेखि कारोवार शुभारम्भ गरेको छ । 

उक्त शाखाको शुभारम्भ ललितपुर महानगरपालिकाका प्रमुख   चिरिबाबु महर्जनले गरेका हुन । यो नयाँ शाखा सहित बैंकको काठमाण्डौ उपत्यका भित्र २५ र उपत्यका बाहिर ७७ गरी जम्मा १०२ वटा शाखा पुगेको बैंकले जनाएको छ । 

हाल बैकको एटिएम  संख्या ४० पुगेको छ । बैंकले निकट भविष्यमा प्राईम कमर्सियल बैंक लिमिटेडसंग समाहित (एक्युजिसन) हुन र आ.ब. २०७५।७६ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत बोनश शेयर र २.७७ प्रतिशत नगद लाभांश गरी कुल १८.७७ प्रतिशत लाभांश बितरणको प्रस्ताव पारित गर्न यहि पौष २५ गते शुक्रबार २६ औ बार्षिक साधारणसभा आब्हान गरेको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस बैंकले हाल सम्म रु.३३ अर्व ६९ करोड निक्षेप संकलन गरी रु.२८ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।