काठमाण्डौ । चीनको राजधानी बेइजिङमा शनिबारयता कोभिड संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ। यो मृत्युको घटना ६ महिनापछि पहिलोपटक हो। 

योसँगै चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार २२९ पुगेको छ। तीनजनाको मृत्युसँगै बेइजिङमा लकडाउन गरिएको छ। जसका कारण २ करोड १० लाख मानिस घरभित्रै बस्न बाध्य भएका छन्। 

चीनको शून्य–कोभिड नीतिलाई लिएर व्यापाक विरोध भइरहेको छ। यो नीति प्रकोप उन्मूलन गर्ने लक्ष्यका साथ लागू गरिएको थियो। जसका कारण लाखौँ मानिस लकडाउनमा परेका छन्। कोभिड परीक्षण गरिएका मानिसहरुलाई जबरजस्ती क्वारेन्टाइन राख्ने गरिएको छ। 

बेइजिङमा पसल, विद्यालय र रेस्टुरेन्टहरु बन्द गरिएका छन्। हाइडियन र चाओयाङ जिल्लाहरुमा लकडाउन गरिएको छ। 

बेइजिङ यात्रा गर्नेहरुले पनि भ्रमणको पहिलो तीन दिन परीक्षण गर्नुपर्नेछ। उनीहरुलाई परीक्षणको नतिजा नआएसम्म घरभित्रै बस्नुपर्नेछ। 

लाकडाउनका बाबजुद पछिल्लो समय चीनमा कोभिड संक्रमणका मामिलाहरु बढिरहेका छन्। गत आइतबारमात्रै २४ हजार ७३० नयाँ केसहरु रेकर्ड गरिएको छ। जुन गत अप्रिलमा दैनिक संक्रमण उच्च संख्याभन्दा बढी हो। 

बेइजिङमा सोमबार ३१७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। –एजेन्सी