काठमाण्डौ । कोरोनाभाइरसले यतिखेर पूरै मानव जातिमा रहेको मानवताको परीक्षा लिइरहेको छ । मानव जातिकै अस्तित्वलाई चुुनौति दिइरहेको यो भाइरसले मानिसको स्वभाविक गतिबिधिलाई नै आफ्नो प्रमुुख हतियार बनाएको छ । 

कोरोनाले गर्दा अब मानव जातिले आफ्नो दिनचर्या र बानीव्यहोरामा परिवर्तन ल्याउनुुपर्ने देखिएको छ । हामीले आफ्नो आचरणलाई यो महामारीअनुुसार ढाल्नुुपर्ने हुुन्छ । यस्तो अवस्थामा हामीले कस्तो व्यवहारको पालना गर्ने ? आज पूरै विश्वले कोरोनाको कारण हात मिलाउने, अंकमाल गर्ने, र मानिसको सम्पर्कमा रहनुुलाई असामाजिक मानिरहँदा पनि हामी कसरी सामाजिक भई समाजमा रहिरहन सक्छौ ? सामान्य रुपमा यदि कोही बिरामी पर्दा वा समस्यामा पर्दा उसलाई थमथमाएर हामी ढाँडस दिने गर्दछौ । तर अहिले अवस्था सामान्य छैन । 

मानिसलाई छुुनुु अहिले सबैभन्दा ठूलो खतरा बनेको छ । मानिसले छोएका वस्तुुहरु कोरोनाको सम्वाहक बन्न थालेका छन् । यस्तोमा यो भाइरसलाई थप फैलन नदिने विषय मानव जातिका लागि चुुनौतिपूर्ण बनेको छ । 

तपाइले बचाउन सक्नुुहुुन्छ लाखौ जिन्दगी
बेलायतका एनएचएसका मेडिकल डाइरेक्टरका अनुुसार अहिले हामी यस्तो मोडबाट गुुज्रिरहेका छौं, जहाँ हाम्रो सानो प्रयासले गर्दा लाखौंको ज्यान बचाउन सक्छौ । हात धुुने जस्तो सामान्य बानीले पनि एक, दुुई वा पचास वा सयौ वा हजारौ मानिसको जीवन बचाउन सकिन्छ । त्यसैले हात धुुँदा यो कुुरालाई मष्तिष्कमा साँचेर राख्नुपर्छ । 

बदलिएको यो परिस्थितिमा यस्तो बानीव्यहोरा अवलम्बन गर्नुु पर्दछ जुुन पहिले अशिष्ट वा अभद्र मानिन्थ्यो । त्यसैले अब सामाजिक दुुरी कायम राख्नुु, मानिसबाट ३–४ मिटर दुुरी कायम राख्नु, हात नमिलाउनुु र अंकमाल नगर्नुु नयाँ शिष्टाचार बन्न पुुगेका छन् । जसलाई तुुरुन्तै अबलम्बन गर्नुु पर्ने दखिन्छ । 

महामारीको यो दौरान हाम्रो व्यवहारले लाखौ मानिसको जिन्दगीको भाग्यको फैसला गर्नेछ । 

व्यक्तीवाद हाइन समाजवाद अपनाउनुुस् 
विशेषज्ञका अनुुसार धेरैजसो मानिसहरु समाजको भलाइको लागि सोच्ने गर्दछन् । यो मानव जातिका लागि खुुसीको कुुरा हो । व्यवहारिक विज्ञानका ज्ञाताका अनुुसार अहिलेको यो विषम परिस्थितिमा समाजमा कायम भएका सद्भाव र सदाचारीता भत्किन सक्छ । कयौं परिस्थितिमा डरका कारण यस्तो हुुन्छ भने कयौ परिस्थितिमा लोभलालच र अकर्मणयताको कारण यस्तो हुुन सक्छ । जब मानिस आफ्नो आवश्यकता पूरा गर्न संघर्ष गर्ने गर्दछ, तब उसलाई बाँकी दुुनिया खतरनाक लाग्ने गर्दछ र उसमा रहेको नैतिक डर हराउँदछ । जसले गर्दा ऊ असामाजिक भएर आवश्यकताभन्दा बढी सामान जम्मा गर्ने गर्दछ । 

व्यवहारवादी वैज्ञानिकहरुले विश्वका देशहरुलाई अहिले समूहवादको भावनालाई जनतामाझ प्रचार गर्न सुुझाव दिएका छन् । सरकारले जारी गर्ने सूचना र निर्देशिकामा पनि यसलाई समेट्न उनीहरुले जोड दिएका छन् । जसले गर्दा यो महामारीबाट बच्न सबै मिलेर लागिरहेका छौं भन्ने सकारात्मक भावना समाजमा स्थापित होस् । चीन, जापान र दक्षिण कोरिया जस्ता देशले कोरोनालाई नियन्त्रणमा राख्न सक्नुुमा उनीहरुमा रहेको समूहवादप्रतिको विश्वास नै मुुख्य कारण हो । जुुन विश्वास पश्चिमा देशहरुमा देख्न पाइदैन ।  

सामाजिक पुुँजी जुुटाउनुुस्
जो मानिस घरबाट बाहिर निस्कन पाइरहेका छैनन्, उनीहरुलाई सामाजिक पुँुजी जुुटाउने यो सुनौलो अवसर हो । घरमा बस्दा छिमेकीलाई सहयोग गर्न सकिन्छ । कुुनै पनि काम गर्दा अरुको स्वास्थ्यलाई ख्याल राख्दै गर्नुुपर्दछ । बेलायतका वित्तमन्त्रीले भनेअनुुसार यो महामारी थामिएपछि तपाइले यो घटना सम्झँदा तपाइले गरेका राम्रा कदम र कामहरु याद आउन् । एक्सन फर ह्यापिनेस नामक संस्थाले यस्तो कठिन अवस्थामा शान्त रहन, समझदारीपूर्ण कदम चाल्न र दयाभाव दर्शाउन एउटा क्यालेन्डर नै जारी गरेको छ । 

अर्काको बारेमा सोच्नुुस् 
कोरोनाले अवस्था नाजुुक बन्दै जाँदा अतिरिक्त सावधानी अपनाउनुुपर्ने हुुन्छ । पसलमा वा स्टोरमा कुुनै सामान किन्न जाँदा आफू संक्रमित नहुुने र संक्रमणको सम्वाहक नबन्ने कुुरामा विशेष सावधानी अपनाउनुु पर्दछ । जसलाई काम पर्दा घरबाहिर जानुुपर्ने हुुन्छ उसले सावधानी अपनाएर काम गर्नुु पर्दछ । कुुनै पनि सामान जस्तै गाडीको ढोका, चाबी, पैसा, क्रेडिट कार्ड कम्प्युुटर, माउस आदि छुुँदा आफ्नो र अरुको स्वास्थ्यलाई ख्याल राख्दै स्वस्थ तरिका अपनाउनुपर्छ । यस्तो सामान छुँुदा वा छुुइसकेपछि साबुुनपानीले वा सेनिटाइजरले हात धुुनुु पर्दछ । यसलाई आफ्ना लागि, परिवारका लागि र सिङ्गो समाजका लागि खतरा कम गर्ने जिम्मेवारीको रुपमा लिनुुपर्दछ । 

अरु प्रति हाम्रो चिन्ता, सम्मान, माया र सद्भावले मात्रै यो भाइरस र महामारीलाई परास्त गर्न सकिनेछ । अब आउने केही महिनामा हाम्रो समाजको अटुुतताको अग्निपरिक्षा हुुने निश्चितप्राय छ । यो अग्निपरिक्षा यति कठिन हुुने छ कि यस्तो पहिले कहिल्यै सामना गर्नुु परेको थिएन।

अब हामीले गर्ने व्यवहारबाट आउने पुुस्ताले हाम्रो मूल्याङ्कन गर्नेछ ।   (बीबीसीको सहयोगमा बिजशालाद्वारा तयार रिपोर्ट)