काठमाण्डौ । नेपालीले सहजै रेमिट्यान्स् पठाउन सकिने कोरियामा अब्बल मानिएको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
योसँगै कोरियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन अत्यन्तै सहज हुने भएको छ। रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र हानपासका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किम क्युङ हुनबीच सम्झौता भयो।
सम्झौतासँगै अब नेपालीहरुले नेपाल रेमिटमार्फत कोरियाको रेमिट्यान्स एजेन्टबाट मात्र नभइ मोबाइल एप, मोबाइल वालेटबाट नेपालका कुनै पनि बैंक खाता तथा नेपालमा सञ्चालनमा रहेका ११ वटाभन्दा बढी वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन्। मोबाइल एप तथा वालेटबाटै रेमिट्यान्स पठाउन सकिने भएपछि कोरियामा रहेका नेपालीहरुले आफू काममा रहेकै अवस्थामा पनि नेपालमा रेमिट्यान्स पठाउन सक्ने भएपछि समय र खर्च दुबैको बचत हुनेछ।
सम्झौतापछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘हानपासजस्तो बहुप्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउँदा हामीलाई एकदम गर्व लागेको छ। अबदेखि नेपालीले नेपाल रेमिट मार्फत छिटो छरितो, सरल, सुलभ, र भरपर्दो रुपमा नेपालमा रकम पठाउन सक्नुहुनेछ।’
नेपाल रेमिटले विगत १७ वर्षदेखि नेपालमा विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशमा रहेका रेमिट्यान्स कम्पनीसँगको सहकार्यमा नेपालमा रहेका थुप्रै बैँक तथा वित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स भित्र्याउँदै आएको छ। यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैंकिङ च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले नेपालभर रहेका नेपाल रेमिटका १५ हजारभन्दा बढी एजेन्टबाट रकम प्राप्त गर्न थप सहजिकरण हुनुका साथै यसले नेपालमा रेमिट्यान्स भित्र्याउनसमेत टेवा पुर्याउने नेपाल रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिए।
हानपास कोरिया तथा विश्वव्यापी ठुलो सन्जाल भएको कोरियन कम्पनी हो। यसले नेपालसँगसँगै अन्य देशमा अत्याधुनिक प्रविधिबाट रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको छ। दक्षिण कोरियाको राजधानी साउलमा मुख्यालय रहेको हानपासले थोरै सेवा सुल्कमा रेमिट्यान्स् सेवा दिने भएकाले नेपालीलाई धेरै प्रभावकारी हुने अपेक्षा गरिएको छ।
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago