काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको सन्त्रासबीच पनि नबिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वितरणयोग्य मुनाफामा खासै प्रभाव पारेको छैन।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले २ अर्ब ९ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिसम्म २ अर्ब ३२ करोड रुपैयाँ थियो। अर्थात यो संकटका बेला पनि बैंकको वितरणयोग्य मुनाफामा झिनो ९.८६ प्रतिशतको गिरावटमात्र देखिएको छ। 

समीक्षा अवधिसम्म बैंकले ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा ३ अर्ब १९ करोड रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्ममा पनि बैंकको सञ्चालन मुनाफा ४ अर्ब ५० करोड रुपैयाँ नै थियो। 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ३७ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म ५ अर्ब ४१ करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको देखिएको छ। 

समीक्षा अवधिमा बैंकले १ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार २२.३० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म रिजर्भमा १० अर्ब ४४ करोड रुपैयाँ रहेकोमा आकार बढेर समीक्षा अवधिसम्म १२ अर्ब ७६ करोड रुपैयाँको उचाइमा पुगेको हो। 

बैंकको खराब कर्जाको अनुपात ०.६३ प्रतिशत रहेको छ भने बेस रेट ७.८२ प्रतिशत रहेको छ। सीडी रेसियो भने ७८.८८ प्रतिशत कायम भएको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४१.७१ रुपैयाँ रहेको छ। पीई रेसियो १६.८१ गुणा रहेको छ।