काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टाको अवधिमा करिब साढे १५ हजार नयाँ संक्रमणका मामिला देखिएको छ।

भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा १५ हजार ४१३ नयाँ संक्रमित फेला परेका हुन्। एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमित फेला परेको भारतमा यो पहिलोपटक हो। 

यीसँगै भारतमा कुल संक्रमणको संख्या ४ लाख १० हजार ४६१ पुगेको छ। 

यसैगरी भारतमा पछिल्लो २४ घन्टाको अवधिमा ३०६ जनाको यो भाइरसबाट ज्यान गएको छ। योसँगै भारतमा ज्यान गुमाउनेको संख्या १३ हजार २५४ पुगेको छ। 

कुल संक्रमितमध्ये भारतमा हालसम्म २.२७ लाख बिरामी निको भएर घर फर्किएका छन्। – एजेन्सी