काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणका हिसाबले २२ वटा जिल्लालाई अतिप्रभावित सूचीमा राखेको छ। 

मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरोना संक्रमणबाट अतिप्रभावित २२ जिल्लाको नामावली सार्वजनिक गरेको छ। जसअनुसार काठमाण्डौ उपत्यकाका ३ जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुसरसहित २२ जिल्ला छन्। उपत्यकाबाहेक मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुर जिल्लालाई पनि मन्त्रालय अतिप्रभावित जिल्लामा राखेको छ। 

यी जिल्लामा कोरोना संक्रमण दर डरलाग्दो गरी बढिरहेको सूचनामा उल्लेख छ। 

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने अवस्था सिर्जना भइसकेको मन्त्रालयले जनाएको छ। त्यसैले सबै संवेदनशील हुँदै जनस्वास्थ्य मापदण्डहरु कडाइका साथ पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। 

कुनै पनि मार्गबाट देश–विदेश जाने तथा आउने वा आन्तरिक तथा बाह्य पर्यटनका लागि कहीँकतै जाने काम पूर्ण रुपमा गर्न नगराउन र कुनै पनि सार्वजनिकस्थलहरुमा भीडभाड हुने काम बन्द गर्न गराउन मन्त्रालयले अपिल गरेको छ।