काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो लहरको कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको मलामीमा २५ जनासम्म सहभागी पाउने जनाएको छ। 

मन्त्रालयले बुधबार सबै कोभिड–१९ अस्पतालहरुलाई परिपत्र जारी गर्दै कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्नुपर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जनाभन्दा बढी मलामी सहभागी नहुने गरी व्यवस्था मिलाउन आग्रह गरेको हो। ‘सोबमोजिम सम्भव नभएमा नेपाली सेनाले शव व्यवस्थापन गर्नेछ’, परिपत्रमा भनिएको छ। 

संक्रमित व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टि आफ्नो धर्म परम्परा र संस्कृतिअनुसार गर्न सकिने पनि सूचनामा जनाइएको छ।