काठमाण्डौ। कोरोनाभाइरसले हलिउडका एक अर्का हस्तीको ज्यान लिएको छ।

चर्चित गायक एडम स्लेजिन्गरको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको हो। उनी ५२ वर्षका थिए। 

अभिनेता टम ह्याक्सले ट्विट गर्दै एडमको निधनको पुष्टि गरेका हुन्। एडमको निधनसँगै उनको परिवार शोकमा डुबेको छ। 

एडमलाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो। केही दिनअघि मात्र उनकी प्रेमिकाले एउटा पोर्टलमार्फत एडमलाई भेन्टिलेटरमा राखिएको र उनको अवस्था नाजुक रहेको जानकारी गराएकी थिइन्। यद्यपि उनले एडम ठीक हुने र चाँडै स्वस्थ भएर घर फर्किने आशा व्यक्त गरेकी थिइन्। 

एडम ९० को दशकमा चर्चित म्युजिक ब्यान्ड ‘फाउन्डेसन अफ वेन’ मा को–राइटर थिए। यही टिमसँग मिलेर उनले थुप्रै म्युजिक एल्बम निकालेका थिए। उनी थुप्रै ठूला अवार्डमा नोमिनेट पनि भएका थिए। 

सन् २००९ मा अ कोल्बर्ट क्रिसमस ः दी ग्रेटेस्ट गिफ्ट अफ अल का लागि उनले ग्रामी अवार्ड पनि जितेका थिए। 

एडमको निधनको खबरले टम ह्याक्स निकै दुःख छन्। उनले ट्विटरमार्फत एक असल मानिस र साथ गुमाउनुपरेको पीडा व्यक्त गरेका छन्। 

यसअघि हलिउड अभिनेता मार्क ब्लमको पनि कोरोना संक्रमणबाट मृत्युभएको थियो। उनी ६९ वर्षका थिए। 

त्यस्तै स्टार वार्सका अभिनेता एन्ड्रयु ज्याकको केही दिनअघि कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो। उनी ७६ वर्षका थिए। – एजेन्सी