काठमाण्डौ । उत्तर कोरियाले हालसम्म आफ्नो देशमा एकजना पनि कोरोनाभाइरसबाट संक्रमित नभएको दाबी गरिरहेको छ। यद्यपि उत्रर कोरियाली सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि केही सीमित नियम लागू गरेको सञ्चारमाध्यमहरुले जनाएका छन्।

उत्तर कोरियाले आफ्ना नागरिकलाई कोरोनाबाट बच्न केही निर्देशनहरु जारी गरेको छ। उत्तर कोरियाली सरकराले आफ्ना नागरिकलाई चिकित्सकको सल्लाहविना कुनै औषधि सेवन गर्न र एन्टीभाइरल औषधि पनि आफूखुसी नखान निर्देशन दिएको छ। 

उत्तर कोरियाली सरकारले रक्सीले रोग प्रतिरोधात्न्मक क्षमता कम गर्ने भएकोले सेवन नगर्न पनि आदेश दिएको छ। उसले आफ्ना नागरिकलाई परम्पारगत खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले तिनै खानेकुरामा जोड दिन पनि सुझाव दिएको छ।

उत्तर कोरियाली सरकारले खानेकुरामा लसुन, प्याज र स्वच्छ खानपिन गर्न पनि निर्देशन दिएको छ। बाहिर कतै निस्किँदा मास्क लगाउन पनि सुझाव दिएको छ। –एजेन्सी