काठमाण्डौ । कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्याको हिसाबले चीनलाई स्पेनले ओभरटेक गरेको छ । 

यो समाचार तयार पार्दासम्म उपलब्ध तथ्यांकअनुसार स्पेनमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४३४ पुगेको छ । यो भनेको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या भन्दा बढी र इटलीपछिको दोश्रो पोजिसन हो । 

मंगलबारको तुलनामा स्पेनमा बुधबार मात्रै मर्ने संक्रमितको संख्यामा २७ प्रतिशतको बढोत्तरी भएको मिडिया रिपोर्टमा जनाइएको छ । हालसम्म यो देशमा संक्रमितहरुको कुल संख्या ४७ हजार ६१० पुगेको छ । 

कोभिड १९ संक्रमणको उद्गमस्थल चीनमा यसबाट मृत्यु हुनेको संख्या  ३ हजा २८१ मात्र रहेको छ । 

हालसम्म संक्रमणबाट मृत्यु हुनेहरुको संख्या सबैभन्दा बढी इटलीमा रहेको छ । जहाँ ६ हजार ८२० संक्रमितको मृत्यु भइसकेको छ । 

स्पेनमा बुधबार आधा दिनभित्रै ५ हजार ५ सय भन्दा बढी नयाँ संक्रमित फेला परेका समेत समाचारमा जनाइएको छ । संक्रमितमध्ये २६ सय भन्दा बढीको अवस्था निकै जटील रहेको छ । 

स्पेन, इटली र फ्रान्स एकआपसमा सीमा जोडिएका मुलुक हुन् । यी तीनै मुलुकमा संक्रमण द्रूत गतिमा बढिरहेको देखिएको छ ।