काठमाण्डौ । कोरोनाभाइरस महामालीले विश्व अर्थव्यवस्थाका लागि एउटा ठूलो विनाशकारी झट्का साबित हुने भएको छ।

विश्व बैंकका अध्यक्ष डेबिड मालपासले यो महामारीका कारण विश्वमा करोडौँ मानिसको जिन्दगीमा व्यापक असर पर्ने चेतावनी दिएका छन्। उनले यो महामारीबाट विश्व अर्थव्यवस्थामा हुने नोक्सानी एक दशकसम्म अनुमान लगाएकाछन्। 

गत मेमा पनि मालपासले कोरोनाको प्रभावका कारण लगभग ६ करोड मानिस अत्याधिक गरिबीको रेखामुनि पुग्ने बताएका थिए। अत्याधिक गरिब हुनुको मतलब कोही पनि मानिससँग जीवन जिउनका लागि दैनिक १.९० डलरभन्दा पनि कम हुनु हो। 

मालपासले ६ करोडभन्दा बढी मानिसले अब दैनिक १ पाउन्डभन्दा पनि कममा जीवनयापन गर्ने अवस्था आउने बताएका छन्। बीबीसी रेडियो ४ को कार्यक्रम द वल्र्ड दिस विकेन्डलाई अन्तर्वार्ता दिँदै मालपासले कोरोना महामारी र यसका कारण सटडाउनका कारण विश्वभर करोडौँ मानिसको जिन्दगी प्रभावित भएको बताए। ‘यी दुई कारणले मानिसको आम्दानी त कम भएको छ नै स्वास्थ्य र सामाजिक मेलमिलापमा पनि निकै सतर्क हुन आवश्यक छ’, उनले भने। 

अध्यक्ष मालपासले अहिले यो भाइरसबाट सबैभन्दा बढी त्यस्ता मानिस प्रभावित भइरहेका छन् जसलाई यसको सामना गर्न निकै चुनौती भइरहेका बताए। ‘हामीले देखिरहेका छौँ कि अमेरिकाको स्टक मार्केट अपेक्षाकृत रुपमा बढिरहेको छ तर गरिब देशहरुमा मानिस न केवल बेरोजगार भइरहेका छन् उनीहरुले असंगठित क्षेत्रमा पनि काम पाइरहेका छ्रैनन्। यो असर अब एक दशकसम्म रहिरहन्छ’, उनले भने।

विश्व बैंकले अहिले सहयोगी निकायहरुसँग मिलेर सबैभन्दा बढी प्रभावित क्षेत्रहरुमा मद्दत गरिरहेको छ। – एजेन्सी