काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा २ करोडभन्दा बढी संक्रमित हुने आशंका गरिएको छ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले यस्तो आशंका गरेको हो। सीडीसीका निर्देशक डा रोबर्ट रेडफिल्डले भने, ‘किनकि जब यहाँ एउटा कोरोना संक्रमणको रिपोर्ट आउँछ तब १० थप नयाँ संक्रमणको मामिला बाहिर आउँछ।’

निर्देशक रेडफिल्डले अमेरिकामा यो महामारीको चपेटामा अहिले बढीजसो युवावर्ग गरिरहेको बताए। ‘अहिले बढीजसो यो संक्रमण युवावर्गमा देखिन थालेको छ’, उनले भने, ‘यसले केही राहात होला, किनकि किनकि युवामा यो भाइरससँग लड्ने क्षमता बढी हुन्छ, त्यसैले मृत्युदर पनि कम हुन्छ।’

सीडीसीका संक्रामक रोग विशेषज्ञ डा जय बटलरका अनुसार युवाहरु यो संक्रमणको चपेटामा आउनुुको मुख्य कारण अहिलेको अवस्थामा आफ्नो आनीबानीमा र जीवनशैलीमा सतर्कता नअपनाउनु नै मुख्य रहेको बताउँछन्।

यो महामारीका विषयमा युवामा जागरुकता बढाउन टिकटकजस्ता सोसल मिडिया प्लेटफर्महरुको प्रयोग गर्ने सोच बनाइरहेको उनले जानकारी दिए। – एजेन्सी