काठमाण्डौ । संक्रामक बिरामीका विशेषज्ञ तथा टास्क फोर्सका सदस्य डा एन्थनी फाउचीले मानिसहरुले बेलैमा सावधानी नअपनाए अमेरिकामा कोरोनाभाइरस दैनिक १ लाखजना संक्रमित हुन सक्न चेतावनी दिएका छन्।

डा फाउचीले एउटा प्रेस ब्रिफिङका क्रममा यस्तो चेतावनी दिएका हुन्। उनले यो महामारी नियन्त्रण गर्न नसकिएकोले आउने समयमा अझै ठूलो समस्या झेल्नुपर्ने अवस्था आउने बताए। 

फाउचीले चेतावनी दिएका छन् कि यदि मानिसहरुले सामाजिक दूरीमा ध्यान दिएनन् र मास्क लगाउन सुरु गरेनन् भने अवस्था झनै खराब हुनेछ। अहिलेको अवस्थामा अमेरिकामा दैनिकजसो करिब ४० हजार मानिस कोरोनाबाट संक्रमित भइरहेका छन्। 

‘त्यसैले मानिसहरु बेलैमा सचेत हुन जरुरी छ’, उनले भनेका छन्, ‘अन्यथा स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्छ। संक्रमितको संख्या दैनिक १ लाख बढी हुन सक्छ।’ – एजेन्सी