– धर्म मलासी

काठमाण्डौ । नेपाल आयल नियमले मंगलबारबाट लागू हुने गरी गरेको हवाई इन्धनको मूल्य समायोजनप्रति नेपालका उड्डयन व्यवसायीहरु असन्तुुष्ट देखिएका छन्। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा व्यापक गिरावट आएपछि निगमले हवाई इन्धनमा पनि प्रतिलिटर ४.५० पैसा घटाएउने निर्णय गरेको छ। मूल्य समायोजनपछि हाल हवाई इन्धनको मूल्य ९० रुपैयाँ प्रतिलिटर कायम भएको छ। 

उड्डयन व्यवसायीहरुले आफूहरु यो मूल्य समायोजनबाट सन्तुुष्ट हुन नसकेको जनाएका छन्। उनीहरुले निगमले घटाएको मूल्य पर्याप्त नभएको बताएका छन्। 

अन्तर्राष्ट्रिय बजारमा भएको गिरावटकै अनुुपातमा मूल्य नघटेकाले आफूहरु मारमा परेको उड्डयन व्यवसायीहरुको भनाइ छ। यदि सरकारले अन्तर्राष्ट्रिय बजारमा घटेकै अनुुपातमा हवाई इन्धनको मूल्य घटाए आफूहरु पनि हवाई भाडा घटाउन सहमत हुुने उनीहरु बताउँछन्। 

हवाई भाडा घटेपछि विदेशी पर्यटक बिनै स्वदेशी यात्रुुले आन्तरिक हवाई क्षेत्र धान्न सक्ने उनीहरुको जिकिर छ। 

नेपाल वायुुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ४४ प्रतिशतसम्म गिरावट आउँदा पनि सरकारले हवाई इन्धनमा जम्मा ४.५० पैसा मात्रै घटाएकोले त्यो न्योचित नभएको बताए।

कोरोनाले उड्डयन व्यवसाय चौपट

यस्तै कोरोनाले गर्दा व्यवसाय चौपट भएको उड्डयन व्यवसायीले बनाएका छन्। अहिले पर्यटकलाई हिमाल देखाउने र रेस्क्युु गर्ने ३३ वटा हेलिकप्टरले नेपालमा आफ्नो सेवा दिइरहेका छन्। कोरोनाभाइरस देखिएपछि अधिकांश हेलिकप्टर अहिले ग्राउन्डेड भएका छन्। चलेका हेलिकप्टर पनि कार्गाे बोक्नमा सीमित भएका छन्। 

हिमाल आरोहणको सिजन आउन थालेकाले पहिले यतिबेला लुुक्ला विमानस्थलमा दैनिक १४० देखि १८० सम्म हवाई मुुभमेन्ट हुुने गरेकोमा अहिले मुुुश्किलले १५–१६ वटा मात्रै हुुने गरेको व्यवसायीहरु बताउँछन्। जसले गर्दा हेलिकप्टर व्यवसायीले ९६ प्रतिशत घाटा व्यहोरिरहेका छन्। 

कोरोनाले उड्डयन व्यवसायमा मन्दी छाएपछि व्यवसायीहरुले सरकारलाई रिफाइनान्सिङको अवधि ६ महिना बढाउनुुुपर्ने माग गरेका छन्। बैंकको १२ देखि १३ प्रतिशत ब्याज तिरिरहेकाले रिफाइनान्सिङपछि त्यो ८ प्रतिशत हुुने भएकाले त्यसले आफूहरुलाई केही राहत पुुग्ने उनीहरुको ठहर छ। 

कोरोनाको प्रभावबाट पर्यटन क्षेत्र उकासिन अझै एक वर्षजति लाग्ने भएकाले एक वर्षसम्मको ब्याज तिर्न नसकिने हुँुदा ब्याजलाई साँवामा जोड्न उनीहरुले माग गरेका छन्। 

त्यस्तै हवाई क्षेत्रको राहतका लागि सरकारले प्याकेजको व्यवस्था गर्नुुपर्ने आवाज उठाएका छन्। “कोरोनाको प्रभावले हवाई व्यवसाय चौपट भइरहेको बेला सरकारले कम नाफा खाएर भएपनि हवाई इन्धन बेच्नुुपर्थाे तर जम्मा ४ रुपैया ५० पैसा घटाएछ”, कँडेलले भने। 

विश्वमा कोरोनाको प्रभाव तीव्र रुपमा बढेपछि नेपाल आउने पर्यटक घटेको र त्यसको कारण आन्तरिक हवाई क्षेत्रले दिनहुुँ लाखौँ घाटा व्यहोर्नुुपरिरहेको कँडेलले बताए। कोरोनाले गर्दा लगभग ९५ प्रतिशत हेलिकप्टरको मुुभमेन्टमा कमी आएको उनले जानकारी दिए। 

उता नेपाल आयल निगमले भने पहिले हवाई इन्धनबाट १३ प्रतिशत नाफा खाइरहेको र अहिले ४ रुपैया मूल्य घटाएपछि ९ प्रतिशत मात्रै नाफा हुुने जनाएको छ।