काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारीबीच १२ वर्षभन्दा बढी उमेरका बालबालिकालाई मास्क लगाउनेसम्बन्धी नयाँ नियम जारी गरेको छ।

डब्ल्यूएचओले जुन–जुन देशमा वयस्कहरुका लागि मास्क लगाउनेसम्बन्धमा जुन–जुन नियम लागू गरिएको छ, तिनै नियमहरु १२ वर्षभन्दा बढी उमेरका बालबालिकामा पनि लागू गर्न भनेको छ। शीर्ष स्वास्थ्य एजेन्सीहरुले बालबालिकाबाट पनि कोरोना संक्रमण फैलिन सक्ने स्वीकारेका छन्। यद्यपि यो स्पष्ट भइसकेको छैन। तर यसको प्रमाण छ कि किशोरावस्था अर्थात १३ वर्षदेखि १९ वर्षसम्मका केटाकेटीबाट वयस्कहरुले जस्तै कोरोना संक्रमण फैलाउने सम्भावना बढी रहेको छ। 

डब्ल्यूएचओ ५ वर्ष र त्योभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु नपर्ने जनाएको छ। त्यहीँ ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन र फुकाल्न सहयोग गर्न परिवारलाई डब्ल्यूएचओले आग्रह गरेको छ। यी उमेर समूहका बालबालिकालाई कोरोनाका कारण आफू बसेको ठाउँ वा इलाकाको अवस्थालाई ध्यानमा राखेर हेरविचार गर्न पनि डब्ल्यूएचओले सुझाव दिएको छ। 

डब्ल्यूएचओले ६० वर्षभन्दा कम उमेरका मानिसले अनिवार्य रुपमा कपडा वा सामान्य खालका मास्क लगाउनुपर्ने सुझाव दिएको छ। जब कि डब्ल्यूएचओले त्योभन्दा बढी उमेर समूहका वृद्धवृद्धा वा अन्य कारणले बिरामी परेकाहरुलाई अनिवार्य रुपमा मेडिकल मास्क लगाउन सल्लाह दिएको छ। – एजेन्सी