काठमाण्डौ । कोरोना महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशका ४ शाखा आज वैशाख १४ गतेबाट बन्द गर्ने निर्णय गरेको छ। 

बैंकले आज एक सूचना जारी गर्दै लुम्बिनी प्रदेशको नेपालगन्ज, बढैयाताल, कोहलपुर र कान्छीबजारस्थित बैंकका शाखाहरु बन्द गर्ने निर्णय गरेको हो। विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसले उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राखेर बैंकका यी शाखाहरु बन्द गर्ने निर्णय गरिएको बैंकले जनाएको छ। 

यसका साथै बैंकले डिजिटल बैंकिङ प्रयोग गर्न पनि ग्राहकहरुलाई आग्रह गरेको छ। कोरोनाभाइरसको संक्रमणबाट बच्न सबैले डिजिटल बैंकिङको गर्न प्रोत्साहित गरेको छ।