काठमाण्डौ । उत्तर कोरियामा ४ दिनमा ८ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको रिपोर्ट सार्वजनिक भएको छ।
गत बिहीबार कोरोना संक्रमणको पहिलो केस देखिएको थियो। त्यसयता उत्तर कोरियामा कोरोनाका कारण ४२ जनाको मृत्यु भइसकेको जनाइएको छ।
रिपोर्टका अनुसार ४ दिनमा उत्तर कोरियामा ८ लाख २० हजार ६२० जनामा कोरोना संक्रमण देखिएको छ। विगत दुई वर्षदेखि उत्तर कोरियामा कोरोना संक्रमणको कुनै पनि केस सार्वजनिक भएको थिएन।
उत्तर कोरियामा कोरोनाको पहिलो केस राजधानी प्योङयाङमा देखिएको थियो। राजधानीमा १५ र २५ अप्रिलमा ठूलो संख्यासहित सार्वजनिक कार्यक्रमको आयोजना गरिएको थियो। जहाँ अधिकांश मानिसले मास्क लगाएका थिएनन्।
कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेसँगै उत्तर कोरियाका शासक किम जोङ उनले यसलाई राष्ट्रिय संकटको संज्ञा दिएका छन्। उत्तर कोरियाको स्वास्थ्य प्रणाली राम्रो नभएकाले कोरोना संक्रमणको वृद्धिले त्यहाँका धेरै जनसंख्या प्रभावित हुने चिन्ता प्रकट गरिएको छ। –एजेन्सी
7 minutes ago
18 minutes ago
27 minutes ago
44 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago